अझै भेटिएनन् हिउँपहिरोमा पुरिएकी इश्वरी र छिमी
दार्चुला | बैशाख २१, २०८०
File Photo
दार्चुला: मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा गएको हिमपहिरोमा पुरिदाँ दुई जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार बेपत्ता हुनेहरुमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको रहेका छन् । उनीहरुको खोजीकार्य तिब्र पारिएको पाण्डेले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हाल बेपत्ता उनीहरुको खोजीकार्य गरिरहेको छ ।
मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
सो ५ जना मध्ये दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव निकाल परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

